Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारी जग्गामा रजाईं गर्ने बतासको लत, एक पछि अर्को धन्दा बाहिरिंदै

    सरकारी जग्गामा रजाईं गर्ने बतासको लत, एक पछि अर्को धन्दा बाहिरिंदै

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौँ । नारायणहिटी दरबार संग्रालयमा ‘सेटिङमार्फत् ‘ रेस्टुरेन्ट बनाउन सुरु गरेपछि विवादमा मुछिएको बतास समूहका मालिक आनन्दराज बतासका एक पछि अर्को काण्डहरु छरपस्ट हुँदै आएका छन् ।

    तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा पर्यटनमन्त्रीदेखि दरबार संग्रालय ब्यबस्थापन समिति सबैलाई सेटिङ मिलाएर रेस्टुरेन्ट बनाउने ठेक्का हात पारेका बतासलाई सरकारी जग्गाहरु कब्जा गरेर व्यापार नै गर्ने लत लागेको देखिन्छ।



    नारायणहिटीपछि बतासका एकपछि अर्को धन्दाहरु सबै छरपस्ट हुने क्रममा सोही समूहको बिपीएस लिजिङ एन्ड म्यानेजमेन्ट कम्पनीले झन्डै पाँच वर्षयता पुरातात्विक महत्वको पाटन दरबार स्क्वायर क्षेत्रको पाटी पनि लिजमा लिएर व्यापार गर्दै आएको खुलेको छ।



    बिपिएसले पाटन संग्रहालय विकास समितिसँग १ चैत ०७३ देखि पाटन दरबार स्व्यायरको पाटी भवनको १८ कौउल भाडामा लिएको थियो । कौलको भाडा वार्षिक १७ लाख ४८ हजार ६ सय १२ रुपैयाँ तय भएको थियो । भाडा वार्षिक १० प्रतिशतका दरले वृद्धि सम्झौता गरिएको छ ।

    त्यसअघि ५ वर्षका लागि भाडा लगाउने गरिएकोमा बतासलाई एकैपटक १५ वर्षका लागि दिइएको छ । यस्तै, बतासले पोखराको पृथ्वीचोक आसपासका क्षेत्र र पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालालाई पनि सरकारी कर्मचारीकै मिलेमतोमा होटल चलाउँदै आएका छन्।

    तर, बतास यो कुरा स्वीकार्न चाहन्नन्, उनी पछिल्लो समय आफूले सरकारी निर्देशन र सम्झौतामा उल्लेख गरिए बमोजिम काम गर्दै आएको दाबी गर्दै मिडियामा प्रष्टिकरण दिँदै आएका छन्।

    एक टिभी कार्यक्रममा बतासले यी सबै कार्यका लागि कमिशनको जरुरत रहेको र आफूले ठेक्का पार्न कमिशन खुवाउनेमा स्वीकृति समेत जनाएका थिए ।  ग्यालेक्सी टेलिभिजनको एक कार्यक्रममा प्रस्तोता रबि लामिछानेले राजदरबार, संग्राहलय आदि टेन्डर भर्ने क्रममा कमिसन खुवाउनु भयो भएन ? भन्ने प्रश्न गरेका थिए। जवाफमा निकै ढिलो उत्तर दिएका आनन्दले उक्त कुरा स्वीकार गरेका थिए ।

    ‘खुवाइन भनेर झुटो बोल्न सक्दिन, सत्य बोल्न मेरो पेसाले दिदैन,’ यो उनको भनाइको आशय थियो।

    बतासले अहिले आफूलाई चोखो साबित गर्न मिडिया क्याम्पेन गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार