Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • १० किलो चरेससहित वीरगञ्ज नाकाबाट महिला पक्राउ

    १० किलो चरेससहित वीरगञ्ज नाकाबाट महिला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.9K
    SHARES

    विरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले १० किलो लागूऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवी रहेकी छन्।



    देबीलाई नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।



    प्रहरीका अनुसार देबीको साथबाट प्रहरीले लागूऔषध १० किलो चरेस समेत बरामद गरेको छ, उनले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ परेकी महिलामाथि यस विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार