Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विराट कोहलीले दिए टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा

    विराट कोहलीले दिए टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । भारतीय टेस्ट क्रिकेट टिमको कप्तानीबाट विराट कोहलीले राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएको बताएका हुन् ।

    सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले त्यसयता भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । अहिले पनि भारत नम्बर एक टिम छ ।



    दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका कोहलीले त्यसको केही समयपछि एकदिवसीय क्रिकेट टिमको कप्तानीबाट हटाइएका थिए ।



    तर हालै दक्षिण अफ्रिका भ्रमणमा टिमलाई सिरिज जिताउन नसकेका कोहलीले कप्तानीबाटै राजीनामा दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार