Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विराटले बराबरी गरे सचिन तेन्दुलकरको कीर्तिमान

    विराटले बराबरी गरे सचिन तेन्दुलकरको कीर्तिमान

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 564
    SHARES

    काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड बराबरी गरेका छन् ।

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगको खलमा शतक बनाउँदै कोहलीले एकदिवसीयमा ४९ औँ शतक बनाएका हुन् ।



    ४९ औँ शतक बनाएका कोहलीले तेन्दुलकरसँगको रेकर्ड बराबरी गरेका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने रेकर्ड तेन्दुलकरको नाममा थियो ।



    तेन्दुलकरले ४५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीले मात्र २७७ इनिङ्समा ४९ औँ शतक पूरा गरे । यस्तै विराट आफ्नो जन्मदिनमा विश्वकपमा शतक बनाउने पहिलो भारतीय तथा विश्वका सातौँ ब्याटर भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार