Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विराट कोहलीले पूरा गरे ४६औँ एकदिवसीय शतक

    विराट कोहलीले पूरा गरे ४६औँ एकदिवसीय शतक

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 663
    SHARES

    एजेन्सी । भारतका पूर्वकप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ४६औँ शतक प्रहार गरेका छन् ।

    कोहलीले आइतबार केरलामा भएको श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलमा शतकीय इनिङ्स खेलेका हुन् ।



    शतकसँगै कोहली एकदिवसीय खेलमा सर्वाधिक शतक प्रहार गर्ने सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमानी शतकनजिक पुगेका छन् । सचिनले एकदिवसीय खेलमा कीर्तिमानी रूपमा ४९ शतक बनाएका छन् ।



    सचिनको रेकर्ड बराबरी गर्न कोहलीलाई तीन शतक आवश्यक छ । कोहलीले आफ्नो ४६औँ एकदिवसीय शतक ८५ बलमा प्रहार गरेका थिए । उनले एक सय ६६ रनको नटआउट इनिङ्स खेले ।

    उनले ११० बलमा १३ चौका र आठ छक्का प्रहार गरे । विश्व क्रिकेटमा सचिन सर्वाधिक शतक प्रहार गर्ने सूचीको शीर्ष स्थानमा छन् । उनले ५१ टेस्ट गरी समग्रमा सय शतक हिर्काएका छन् ।

    एकदिवसीय खेलमा सचिन सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले सन् १९८९ देखि २०१२ सम्म खेल्दा चार सय ६३ खेल खेले । यसक्रममा उनले विश्व कीर्तिमानी रूपमा १८ हजार दुई सय २६ रन बटुले । उनले ९६ अर्धशतक बनाए । एकदिवसीय खेलमा पहिलो दोहोरो शतक लगाउने सचिन हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार