Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एकदिवसीय क्रिकेटमा विराट कोहलीले बनाए नयाँ कीर्तिमान

    एकदिवसीय क्रिकेटमा विराट कोहलीले बनाए नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर बनेका छन् ।

    श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।



    विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् । विराटले यसअघि भारतकै पूर्व ब्याटर सचिन तेन्दुल्करको नाममा रहेको सचिनको नाममा रहको ३२१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।



    यो सूचीको तेस्रो स्थानमा रहेको अस्ट्रेलियाका पूर्वब्याटर रिकी पोन्टीङ ३४१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए । यस्तै कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौँ स्थानमा उक्लिएका छन् । आजको खेलमा नटआउट १ सय २२ रन बनाएका कोहलीको एकदिवसीयमा १३ हजार २४ रन पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार