Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई चिकित्सकको सुझाव : परीक्षण बढाउँदै खोप अभियान तीव्र पारौं

    प्रधानमन्त्रीलाई चिकित्सकको सुझाव : परीक्षण बढाउँदै खोप अभियान तीव्र पारौं

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 912
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेषज्ञ चिकित्सक परीक्षणको दायरा बढाउँदै खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन प्रधानमन्त्री शेरबहादुर देउवाले विशेषज्ञ चिकित्सकसँग छलफल गरेका हुन् ।

    छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव दिएका थिए ।



    सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।



    पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण र वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ ।

    केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबुत बनाउने भन्नेबारेमा चिकित्सकहरूले सुझाव दिएको छलफलमा सहभागी पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा। जनक कोइरालाले जानकारी दिए ।

    सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने उनीहरूको सुझाव थियो ।

    अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।

    प्रधानमन्त्री देउवाले नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार