Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना जितेलगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

    कोरोना जितेलगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सोमबार बिहान बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।



    स्रोतका अनुसर आइतबार कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष प्रचण्ड सोमबार बिहानै प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका थिए ।



    बालुवाटारमा भएको भेटवार्तामा आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ।

    यस्तै, छलफलमा सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको स्रोतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार