Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गयो

    सिन्धुपाल्चोकमा ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गयो

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 948
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ ।

    बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।



    आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।



    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार