Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भिम रावलको प्रश्न : काठमाडौंमा नै सिटामोलको अभाव छ, सरकारको अयोग्यता हो कि नाफाखोरीको तारतम्य ?

    भिम रावलको प्रश्न : काठमाडौंमा नै सिटामोलको अभाव छ, सरकारको अयोग्यता हो कि नाफाखोरीको तारतम्य ?

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशको केन्द्रीय राजधानी काठमाडौंमै सिटामोलको अभाव भएको दाबी गरेका छन् । यसमा रावलले सरकारप्रति शंका व्यक्त गरेका छन्।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सिटामोल अभाव हुनुको कारण समेत खोजेका छन् ।



    नेता रावलले लेखेका छन्, ‘जनस्वास्थ्यप्रति ध्यान नदिई अ‍ौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन् । अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?’



    कोभिड–१९ संक्रमण बढ्दै गएका बेला बजारमा सिटामोलको अभाव भएको गुनासो जनस्तरमा समेत हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार