Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • क्यामरुनको फुटबल रंगशाला अघि धकेलाधकेल हुँदा कम्तीमा ६ जनाको मृत्यु

    क्यामरुनको फुटबल रंगशाला अघि धकेलाधकेल हुँदा कम्तीमा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 936
    SHARES

    एजेन्सी । क्यामरुनमा अफ्रिका कप अफ नेसन्सको खेल हेर्न पुगेका मानिसहरुबीच धकेलाधकेल हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

    बीबीसीका अनुसार उक्त घटनामा परी दर्जनभन्दा धेरै मानिसहरु घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरुमा राजधानी याउन्डेनजिकै रहेको पाउल यिबा स्टेडियममा प्रवेशको लागि तँछाडमछाड गरिरहेको देख्न सकिन्छ।



    क्यामरुनको सेन्ट्रल रिजनका गभर्नर नासेरी पाउल बियाले यो घटनामा मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने बताए।



    घटनामा धेरै बालबालिकाहरु घाइते भएको अर्को एक समाचारमा उल्लेख गरिएको छ। उक्त रंगशाला ६० हजार दर्शक क्षमताको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार