Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई हराउँदै सेनेगल च्याम्पियन

    अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई हराउँदै सेनेगल च्याम्पियन

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । गएराति भएको फाइनल खेपलमा पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले उपाधि हात पारेको हो ।

    खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । टाइब्रेकरमा गएको खेलमा सेनेगलले इजिप्टलाई ४-२ ले पराजित गरेको हो ।



    टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए ।



    इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुँदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।

    यसअघि खेलको सातौँ मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर खेर फालेको थियो । सेनेगल पहिलो पटक च्याम्पियन बनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार