Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २० जिल्लाका सीडीओहरुलाई गृहमन्त्री खाँणको फोन

    २० जिल्लाका सीडीओहरुलाई गृहमन्त्री खाँणको फोन

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरु लाई फोन गरेका छन्।

    मन्त्रालय स्रोतका अनुसार मन्त्री खाँणले शनिबार बिहान जिल्लाका सीडीओहरुलाई फोन गर्दै पछिल्लो समयको कोभिड-१९ संक्रमण, शित =लहरको अवस्थालगायत बारेमा जानकारी लिएका हुन्।



    मन्त्री खाँणले सीडीओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेको स्रोतको भनाइ छ।



    सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कार्यान्वयनबारे मन्त्री खाँणले जानकारी लिएका हुन्।

    मन्त्री खाँणले ओखलढुंगा, इलाम, गोरखा र रसुवालगायतका सीडीओहरुलाई फोन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार