Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    ३ हजार ६३७ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    ३ हजार ६३७ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    ७,५५५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 744
    SHARES

    फाइल फोटो

    काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३  हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार कुल ११ हजार ५८२ जनाको परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट गरी ७ हजार ५५५ जना संक्रमणमुक्त भएको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले आजको नियमित प्रेस ब्रिफ़िङमा जानकारी गराइन्।



    मन्त्रालयका अनुसार आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ हजार ७६४ संख्या पुगेको छ।

    हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार