Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौंका विद्यालय फागुन १ देखि खुल्ने, आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन

    काठमाडौंका विद्यालय फागुन १ देखि खुल्ने, आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरिएको छ । आइतवार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको हो ।

    यस निर्णयसँगै विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ ।



    तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीहरूका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्थापन मिलाउनुपर्ने निर्णय गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार