Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्ड भेट्न खुमलटार पुगे माधव, एमसीसीबारे छलफल

    प्रचण्ड भेट्न खुमलटार पुगे माधव, एमसीसीबारे छलफल

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    प्रचण्डको सचिवालय स्रोतका अनुसार बुधवार बिहान प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल खुमलटार पुगेका थिए।



    प्रचण्ड र नेपालबीच पछिल्लो समय चर्चामा रहेको एमसीसी सम्झौताको बिषयलाई लिएर कुराकानी भएको सचिवालयले जनाएको छ।



    साथै, भेटमा समसामयिक राजनीतिक विषयबस्तु, गठबन्धनको अवस्था र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

    पछिल्लो समय सत्ता साझेदार दल नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने अडान लिएको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् । एमसीसीकै कारण गठबन्धनमा दरार उत्पन्न भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार