Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ३२ सहसचिवको सरुवा, आन्तरिक राजश्वका डीजी पौडेल तानिए

    ३२ सहसचिवको सरुवा, आन्तरिक राजश्वका डीजी पौडेल तानिए

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।



    जसमा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।पौडेल भ्रष्टाचारमा मुछिएपछि तानिएका हुन्।



    ठुलै शक्ति तथा निकै जोडबलमा महानिर्देशक बनेका पौडेलले ठूला कम्पनीहरुसँग सेटिङ गरी कर छुट गराएर भ्रष्टाचारमा मुछिएका थिए । उनी ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको लाभ कर छलीमा पनि मुछिएका थिए।

    अर्थमन्त्री जनार्दन शर्मानिकट ब्यापारीलाई दु:ख दिएका कारण पौडेल तानिएको स्रोत बताउँछ। पौडेलमाथि आन्तरिक राजश्व विभागको महानिर्देशक बने यता १० करोडभन्दा बढी अकुत सम्पति आर्जन गरेको आरोप लागेको छ।

    हेर्नुहोस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार