Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • घट्न थाले कोरोना संक्रमित, मात्र ७४७ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु

    घट्न थाले कोरोना संक्रमित, मात्र ७४७ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सोमबार ६ हजार २७९ पीसीआर परीक्षणमा ४८२ जना र २ हजार ४१७ एन्टिजेन परीक्षणमा २६५ जना गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८  जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ।



    यसैगरी आज २ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २० हजार ७३९ रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख १६ हजार ११८ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार