Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटन व्यवसायी शाहीसँग रेखाले गरिन् ‘कोर्ट म्यारिज’

    पर्यटन व्यवसायी शाहीसँग रेखाले गरिन् ‘कोर्ट म्यारिज’

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । अभिनेत्री रेखा थापाले पर्यटन व्यवसायी बलराम शाहीसँग अदालती विवाह गरेकी छन् । इजरायल बस्दै आएका जाजरकोटका शाहीसँग थापालले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा गएर कोर्ट म्यारिज गरेको स्रोतको दावी छ ।

    आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थापा कुनै बेलाकी नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री हुन् । तर, पछिल्लो समय भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । थापा राष्ट्रिय प्रजाचन्त्र पार्टीबाट राजनीतिमा होमिएकी छन् ।



    २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार