Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुखले बोलाएको सर्वदलीय बैठक सकियो, संसद खुलाउन पहल गर्ने सहमति

    सभामुखले बोलाएको सर्वदलीय बैठक सकियो, संसद खुलाउन पहल गर्ने सहमति

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकले संसद् खुलाउन गम्भीर पहल गर्ने सहमति गरेको हो ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति भएको सभामुख सापकोटाले जानकारी दिए ।



    संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको उनले बताए ।



    आजको सर्वदलीय बैठक एमालेले भने बहिस्कार गरेको थियो । बैठक सिंहदरबारमा करिब ४ घण्टासम्म चलेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार