Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना भाइरस

    ५७० जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु

    ५७० जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विहीबार ९ हजार ७८९ पीसीआर परीक्षणमा ३६४ जना र २ हजार ७६१ एन्टिजेन परीक्षणमा २०६ जना गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९११ पुगेको छ।



    यसैगरी आज १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १६ हजार ६१६ रहेको छ ।

    यसअघि हिजो बुधबार ६३९ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार