Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट: ३८८ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु

    कोरोना अपडेट: ३८८ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 975
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

    ५ हजार २२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४७ तथा एन्टिजेन विधिबाट १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार यही अवधिमा थप १ हजार २०५ जना निको पनि भएका छन् ।  नेपालमा निको हुने दर ९७.६ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९२५ जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार