Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    थपिनेभन्दा निको हुनेको संख्या तेब्बर बढी, दुई जनाको निधन

    थपिनेभन्दा निको हुनेको संख्या तेब्बर बढी, दुई जनाको निधन

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

    ५ हजार १०३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २५६ तथा एन्टिजेन विधिबाट ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार यही अवधिमा थप ९११ जना निको पनि भएका छन् ।  नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ०९० पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९३० जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार