Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल औषधी व्यवसायी संघ गण्डकीको प्रथम वार्षिकोत्सव सम्पन्न, पत्रकार बञ्जारा सम्मानित

    नेपाल औषधी व्यवसायी संघ गण्डकीको प्रथम वार्षिकोत्सव सम्पन्न, पत्रकार बञ्जारा सम्मानित

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    पोखरा । औषधी व्यवसायीहरुको छाता संस्था औषधी व्यवसायी संघ गण्डकी प्रदेशले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ । प्रथम साधारण सभाको उद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधी व्यवसायी संघलाई संघिय मर्म अनुसार रुपान्तरण गर्न धेरै मेहनत पछि वल्ल सफल कार्यान्वयन भएको बताए ।

    देशभरमा ५४ जिल्लामा संघको जिल्ला शाखा रहेको र वाँकी जिल्लाहरुमा पनि शाखा विस्तार गरि संघको नीति नियम अनुसार मर्यादित व्यवसायमा जोड दिन प्रतिवद्ध रहेको वताउँदै देश भरका २१ हजार व्यवसायीहरुको हितमा संघ केन्द्रीत रहेको वताएका थिए । वार्षिक ५५ अरवको कारोवार गरेर राष्ट्रिय पूँजी चलायमान गर्ने र राज्यलाई कर राजस्वमा टेवा दिने औषधी व्यवसायीहरुलाई राज्यले अपेक्षाकृत संवोधन नगरेको गुनासो गरेका थिए ।



    संघले आफ्नो प्रथम वार्षिक साधारण सभामा औषधी व्यवसाय र स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहि समाचार प्रकाशन गरि व्यवसायी र आम उपभोक्ताको हितमा अतुलनीय योगदान गरेको भन्दै सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ वञ्जारालाई नगद राशी र प्रमाणपत्र सहित सम्मान गरेको छ । कार्यक्रममा प्रथम वार्षिकको सन्दर्भमा प्रकाशन गरेको गण्डकी औषधी दर्पण स्मारिका विमोचन गरिएको थियो ।



    वार्षिकोत्सव समारोहलाई भौतिक र भौतिक रुपमा उपस्थित हुन नसक्ने विभिन्न जिल्ला र प्रदेशका सहभागिहरुलाई भर्च्युअल रुपमा जोडेर आयोजना गरिएको नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए । उद्घाटन सत्रमा स्वागत वरिष्ठ उपाध्यक्ष शिवबहादुर केसीले गरेका थिए ।

    कार्यक्रममा प्रदेश १ का अध्यक्ष कुमार खतिवडा, वागमतीका अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, लुम्विनीका अध्यक्ष शिव ज्ञवाली, केन्द्रीय महासचिव रामचन्द्र शर्मा, केन्द्रिय सचिव यमनाथ पौडेल, सम्मानित पत्रकार यदुनाथ बञ्जारा, स्याङ्जा जिल्ला अध्यक्ष उर्मिला बस्नेत, साविक गण्डकी अञ्चल निवर्तमान अध्यक्ष रामबहादुर केसी, पूर्व उपाध्यक्ष (०४१) सुरेश राज भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश महासचिव केशरी तिवारीले संचालन गरेको कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद पाण्डेको सभापतित्वमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार