Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • औषधी व्यवसायी संघ काठमाडौंको तेस्रो साधरणसभा सम्पन्न, सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन

    औषधी व्यवसायी संघ काठमाडौंको तेस्रो साधरणसभा सम्पन्न, सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 528
    SHARES

    काठमाडौं । नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। साधारणसभाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ।

    नयाँ कार्य समितिको अध्यक्षमा शंकर महर्जन, निवर्तमान अध्यक्ष बद्री प्रसाद श्रेष्ठ , वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर कार्की, आयात तथा थोकतर्फको उपाध्यक्षमा सञ्जय श्रेष्ठ, र खुद्रातर्फको उपाध्यक्षमा प्रकाश न्यौपाने चयन भएका छन् ।



    त्यसैगरी साधरणसभाले महासचिवमा शुभमान श्रेष्ठ, सचिवमा सञ्जीव प्रजापती, कोषाध्यक्षमा अमृत ज्ञवाली र उपकोषाध्यक्ष विज्ञ राजभण्डारीलाई चयन गरेको छ ।



    त्यस्तै सदस्यहरुमा भने विनेश रिमाल, सविन सिग्देल, विष्णु प्रसाद वस्ती, रेणु योञ्जन र ठाकुर तिमिल्सिना चयन भएका छन्।

    संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभामा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोल प्रमुख अतिथि रहेकी थिइन् ।

    साधरणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्ज्वल जंग पाण्डे, एपोनका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ लगाएकतको सहभागिता रहेकव थियो।

    आइतबार सम्पन्न कार्यक्रममा औषधी व्यवसायीहरुमध्ये सबैभन्दा धेरै १४४ पटक रक्तदान गर्ने रक्तदाता वीरेन्द्र प्रसाद जोशीको संयोजकत्व र हिमाल हस्पिटलको सहयोगमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

    कार्यक्रममा संघका महासचिव शुभमान श्रेष्ठले २०८३ सम्म “NCDA BLOOD BANK” स्थापना गर्ने घोषणा गरेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि महानगरपालिकाकी उपप्रमुख डंगोलले औषधी व्यवसायीहरुलाई विशुद्ध मानव सेवालाई केन्द्रबिन्दुमा राखी व्यवसाय गर्न अनुरोध गर्दै बजार अनुगमनको अवस्था हेर्दा उक्त व्यवसायलाई सुधार गर्नु पर्ने देखिएको बताइन ।

    उनले भनिन्–‘नेपाल औषधी व्यवसायी संघसँग हामी महानगरपालिका पनि सहकार्य गरी अघि बढ्न चाहन्छौं । हजुरहरुको लागि हाम्रो ढोका सदैव खुला रहने छ ।’

    कार्यक्रममा नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्ज्वल जंग पाण्डेले नेपाल औषधी व्यवसायी संघ, काठमाण्डौ जिल्ला शाखाको दोश्रो अधिवेशनको सफलताको कमान गर्दै संघसँग हातेमालो गर्दै सहकार्यलाई अगाडि बढाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार