Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काँग्रेस र एमालेका नेताहरुबीच बालकोटमा छलफल जारी

    काँग्रेस र एमालेका नेताहरुबीच बालकोटमा छलफल जारी

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 945
    SHARES

    काठमाडौं । नेपाली काँग्रेस र नेकपा (एमाले) नेताहरुबीच बालकोटमा छलफल चलिरहेको छ । काँग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको हो ।

    आज अपराह्न ४ बजेदेखि दुवै दलका नेताहरु छलफलमा बसेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा आफैं जाने कार्यक्रम भए पनि देउवा भने छलफलमा अनुपस्थित छन् ।



    छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी रहेका छन् ।



    सत्ता गठबन्धनमा एमसीसीका विषयमा मतभेद भएपछि प्रधानमन्त्री देउवा विपक्षी दलसँगको सहकार्यको प्रयासमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार