Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • देउवालाई सफलता, एमसीसीमा एमालेको पनि घुमाउरो साथ

    देउवालाई सफलता, एमसीसीमा एमालेको पनि घुमाउरो साथ

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद् बैठकबाट अनुमोदन भएको छ । प्रतिनिधि सभामा सरकार र प्रतिपक्षी दुवै भूमिकामा रहँदा नेपाली कांग्रेस एमसीसीका पक्षमा स्पष्ट रहँदै आएको थियो ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै ‘कूटनीति’ र ‘राजनीति’ दुवैतर्फ झनै बलिया बनेका छन् भने आफूलाई देउवाले परिपक्व नेताका रूपमा स्थापित गरेका छन् ।



    उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारका समयमासमेत एमसीसी’bout निर्णय गर्न सुझाउँदै आएका थिए । तर, त्यसबखत राजनीतिक दलबीच सहमति नजुट्दा एमसीसी अघि बढ्न सकेको थिएन । त्यसअघिसमेत प्रतिपक्षमा रहँदै गर्दा एमसीसीमा देउवाको समर्थन रहँदै आएको थियो ।



    प्रधानमन्त्री देउवाले अन्ततः आइतबार आफू प्रधानमन्त्री भएकै समयमा प्रतिनिधि सभाबाट एमसीसीमाथि उठेका अनेकन आशंका र प्रश्नलाई व्याख्यात्मक घोषणा गराएर एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई संसद्बाट अनुमोदन गराएका छन् । चार वर्ष लामो प्रयत्नपश्चात आइतबार एमसीसी अनुमोदन भएको हो ।

    २९ भदौ २०७४ मा देउवा नै प्रधानमन्त्री भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, सम्झौताको सांढे तीन वर्षसम्म पनि एमसीसीमाथि अनेकन प्रश्न र आशंका उठ्दै आएको थियो । यहीबीचमा गत ८ फागुनमा एमसीसी संसद्मा टेबल गरिएको थियो ।

    यस बीचमा प्रधानमन्त्री देउवाले एमसीसीलाई पारित गर्न भन्दै सत्तारूढ दलमा सहमतिका लागि लामो प्रयास गरेका थिए । २८ असारमा पाँचौंपटक देशको प्रधानमन्त्री बनेका देउवाले पाँच दलीय सत्ता गठबन्धनको आड लिएर एमसीसीलाई अघि बढाउन निरन्तर प्रयास गर्दै आएका थिए ।

    सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन लिनका लागिसमेत प्रधानमन्त्री देउवाले लामो प्रयास गर्दै आएका थिए । सरकार गठन भएको आठ महिनामा देउवा गठबन्धन आबद्ध दललाईसमेत विश्वासमा लिएर एमसीसी अनुमोदन गर्न सफल भएका हुन् । राजधानी दैनिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार