Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एक छोरी आफ्नो स्वभाविक अस्तित्व मारेर मात्र महिला बन्न वाध्य हुन्छिन्: रेखा थापा

    एक छोरी आफ्नो स्वभाविक अस्तित्व मारेर मात्र महिला बन्न वाध्य हुन्छिन्: रेखा थापा

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । अभिनेत्री रेखा थापाले छोरी बन्ने तालिम र सामाजिक नियमको ब्याख्या गरेकी छन् । यसअघि बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे आफ्नो धारणा राखेकी थापाले अहिले छोरीलाई निडर र बिद्रोही बनाउनुपर्ने बताएकी छन्।

    विहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छन्, ‘छोरीलाई त्यस्तो महिला बनाउनु जस्तो उनकी आमाको पुस्ता छ वा शास्त्र र समाजको कथनमा मेल खाओस् । छोरी निडर, बिद्रोही, प्रतिबाद गर्ने पात्रको रुपमा स्विकारीन्नन किनकी यो आदर्श ढाचा होइन । छोरी बनाउने तालिमले छोरी जन्मिदा लिएर आएको मानव पनमाथि सामाजिक रङ लेपन गरिन्छ ।’



    यस्तै, अभिनेत्री थापाले छोरी आफु र आफ्नो स्वभाविक अस्तित्व मारेर मात्रा महिला बन्न वाध्य हुने बताएकी छन्। थापाका अनुसार आज पनि यो तालिम जारी छ ।



    यस्तो छ रेखाको फेसबुक स्टाटस:

    छोरी बन्ने तालिम र सामाजिक नियम: तालिम शब्द सैन्य वा औध्योगिक सिप सिकाउने क्षेत्रबाट आएको भए पनि प्रयोग ब्यापक छ । जन्मिदा मानव जन्मेपनि छोरीलाई परिवार, समाज र संस्कार आदिले खास किसिमको भूमिका निर्बाह गर्ने तालिम दिइरहेको हुन्छ । उठ्ने बस्ने, बोल्नेदेखि सोच्ने तरिकासम्मको निर्धारित कलामा एउटा छोरी प्रशिक्षित गरिन्छिन् ।

    छोरीलाई दिइने यो तालिमको उद्देश्य हुन्छ उनलाई महिला हुन लायक बनाउनु । त्यस्तो महिला बनाउनु जस्तो उनकी आमाको पुस्ता छ वा शास्त्र र समाजको कथनमा मेल खाओस् । छोरी निडर, बिद्रोही, प्रतिबाद गर्ने पात्रको रुपमा स्विकारीन्नन किनकी यो आदर्श ढाचा होइन । छोरी बनाउने तालिमले छोरी जन्मिदा लिएर आएको मानव पनमाथि सामाजिक रङ लेपन गरिन्छ । उनी आफु र आफ्नो स्वभाविक अस्तित्व मारेर मात्रा महिला बन्न वाध्य हुन्छिन् । आज पनि यो तालिम जारी छ ।

    छोरी वा महिला बन्ने तालिमको आदर्श समाजबाट लिइन्छ । समाज एउटा अलिखित नियम हो । समाज एउटा कानुन बन्दछ । हरेक व्यक्तिभित्र रहेको मान्यताले वा अपेक्षाले नजानिदो प्रकारले प्रभाव दिने क्रम जारी छ । आज महिलाको जीवन पूर्ण स्वतन्त्रता र समानतामा ल्याइपुर्याउन समाजका नियम बाधक हुन्छन् । जसरी दलित बनाइन्छन, जसरी गरीब र अभागी बनाइन्छन् मान्छे ।

    यो त्यस्तो प्रकृया हो जहाँ दण्डित गर्ने पिडक भेटिदैन तर, सोच र मान्यताको रुपमा अनबरत चलि राख्छ सामाजिक निर्देश बनेर । आगामी दिनमा छोरीको निम्ती अनुकुल समाज बनाउन यिनै तालिम र नियम फेरिनु पर्नेछ चाहे जति सुकै जटिल किन नहोस् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार