Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पल शाह प्रकरणबारे रेखा थापाले भनिन्- ‘को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? मतलब नराखौं’

    पल शाह प्रकरणबारे रेखा थापाले भनिन्- ‘को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? मतलब नराखौं’

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणमा नायिका रेखा थापाले आफ्नो धारणा व्यक्त गरेकी छन्।

    मंगलबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नायिका थापाले केटी मान्छेमाथि हिलो छ्याप्ने लज्जाजनक चलन नेपालमा ब्याप्त रहेको बताएकी हुन् । यद्यपि उनले उक्त स्टाटसमा पलको नाम भने उल्लेख गरेकी छैनन्।  तर उनको स्टाटस र पलमाथि नै लक्षित हो भन्नेमा दुई मत देखिदैन।



    ‘केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ,’ थापाले फेसबुकमा लेखेकी छन्।



    यस्तै, यसबारे नायिका थापाले थप लेखेकी छन्, ‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन ।

    अभिनेता शाहमाथि पोखरा घर भएकी एक बाल गायिकाले जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    2 responses to “पल शाह प्रकरणबारे रेखा थापाले भनिन्- ‘को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? मतलब नराखौं’”

    1. […] ऋचा पनि पीडितको पक्षमा उभिएकी हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रे…ले बालिका कानुनतः सबै प्रकारको […]

    2. […] प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे आफ्नो धारणा राखेकी थापाले अहिले छोरीलाई निडर र […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार