Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पल प्रकरणबारे रिमा विश्वकर्मा भन्छिन्- अदालतले निर्णय गरोस्, दोषी प्रमाणित नभएसम्म निर्दोष

    पल प्रकरणबारे रिमा विश्वकर्मा भन्छिन्- अदालतले निर्णय गरोस्, दोषी प्रमाणित नभएसम्म निर्दोष

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । चर्चित मोडल, नायिका तथा कार्यक्रम संचालिका रिमा विश्वकर्माले बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे आफ्नो धारणा राखेकी छन्।

    बिहिबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नायिका विश्वकर्माले यस प्रकरणमा अभिनेता पललाई अदालतले दोषी प्रमाणित नगरेसम्म निर्दोष रहने बताएकी छन् । पछिल्लो समय पल प्रकरणमा जताततै बहस चलिरहँदा रिमाले भने यसमा अदालतले नै निर्णय लिनुपर्ने बताएकी हुन्।



    ‘दोषी प्रमाणित नभएसम्म निर्दोष’, रिमाले लेखेकी छन्, ‘अदालतले निर्णय गरोस् ।’ यद्यपि उनले उक्त स्टाटसमा पलको नाम भने उल्लेख गरेकी छैनन्।  तर उनको स्टाटस र पलमाथि नै लक्षित हो भन्नेमा दुई मत छैन ।



    यस्तै, रिमाले पल प्रकरणसँग मिल्दोजुल्दो एक स्टाटस बुधबार पनि लेखेकी थिइन् । उनले बेलायतस्थित म्यानचेस्टर युनाइटेडका फुटबलर म्यासन ग्रिनउडको प्रकरण उल्लेख गर्दै दोषीलाई अदालतले नै कारवाही गर्ने बताएकी छन्।

    अभिनेता शाहमाथि पोखरा घर भएकी एक बाल गायिकाले जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।शाहलाई जिल्ल अदालत तनहुँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको बताउँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार