Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन: अर्थ मन्त्रालयले छुट्यायो ८ अर्ब ११ करोड रुपैयाँ

    स्थानीय तह निर्वाचन: अर्थ मन्त्रालयले छुट्यायो ८ अर्ब ११ करोड रुपैयाँ

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको गरेको छ ।

    मन्त्रालय स्रोतका अनुसार आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याइएको हो ।



    आयोगले माग गरेकोमध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा बजेट नदिइएको हो । मत्रपत्र ढुवानी हवाईजहाजबाट समेत गर्न भएपछि सरकारले नै सेनासँग समन्वय गर्ने भएकाले बजेट निकासा नगरिएको मन्त्रालय जनाएको छ ।



    यस्तै, निर्वाचन आयोगले विद्युतीय मतदानका लागि १ करोड रुपैयाँ माग गरेको थियो । आयोगको पदाधिकारीहरुबीच नै विद्युतीय मतदान गर्ने विषयमा मतभेद भएपछि आयोगले हटाउन लगाएकोस्रोतको भनाइ छ ।

    स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार