Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दर्तापछि मात्र युट्यूब च्यानल चलाउन पाइने नियमले दीपकराज गिरी खुशीले गदगद्

    दर्तापछि मात्र युट्यूब च्यानल चलाउन पाइने नियमले दीपकराज गिरी खुशीले गदगद्

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारले अनलाइन टिभी संचालनका लागि इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । अनलाइन टिभीको लाइसेन्सका लागि ५ लाख रुपैयाँ शुल्क समेत तोकिएको छ ।

    आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण (एघारौं संसोधन) नियमावली २०७८ लाई संशोधन गर्दै पहिलोपटक अनलाइन टिभीलाई नियमनको दायरामा ल्याएको हो । संसोधित नियमावलीको नियम २ को उपनियम २ (६) मा अनलाइन टेलिभिजनलाई परिभाषा गरिएको छ । जसमा ‘अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) भन्नाले इन्टरनेटमार्फत आफैंले उत्पादन गरी नियमित रुपमा श्रव्यदृष्य कार्यक्रम प्रसारण गर्ने कार्य सम्झिनुपर्छ ।’



    संशोधित नियमावलीको नियम ८ उपनियम २ (झ ७) मा भनिएको छ– इन्टरनेटको माध्यमबाट प्रसाराण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट टेलिभिजन कार्यक्रम प्रसारण गर्नुअघि यस नियमावली बमोजिम अनुमति लिनुपर्ने छ ।



    सरकारको यो निर्णयलाई धेरैले स्वागत गरेका छन् भने कसैले आलोचना समेत गरेका छन् । सामाजिक संजालहरुमा अब भ्रामक समाचार फैलाउने युट्युब समाचारको बिचल्ली भन्दै कटाक्ष समेत सुरु भएका छन्।

    यता, कलाकार दीपकराज गिरीले भने सरकारको यस निर्णयलाई स्वागत गरेका छन् । उनले अन्त्यन्तै राम्रो काम भन्दै सरकारलाई धन्यवाद समेत दिएका छन्।

    ‘च्याउँझै खोलिएका च्यानलले नभएका झूठा कुरालाई आकर्षक हेडलाइन बनाएर, मानहानी गर्दै आफ्नो दूनो सोझ्याउँदै आएका थिए । अब यस्ता च्यानलहरू बन्द हुने वा सन्चालनमा आए पनि नियमको दायरामा बस्नु पर्ने भएकोले, अहिले भएको बिकृती धेरै हद सम्म कम हुने सम्भावना छ,’ गिरीले सामाजिक संजालमा लेखेका छन्।

    यस्तो छ गिरीको फेसबुक स्टाटस:

    देवरले भाउजू उडायो! एउटी केटीका ४ प्रेमी!… गाईले जन्मायो मान्छेको बच्चा ! फलानो फलानीसंग टाप गॉउले सबै जिल्ल !!

    यस्तै, मसला नै मसलाले भरिएको हेडलाइन राखेर गैरजिम्मेवार च्यानल चलाएर, दर्ताबिना नै लगाम बिनाका घोडाझै बुरूक-बुरूक उफ्रने यूटुव च्यानलहरू माथिको नियमन र कठिन दर्ता प्रकृयाको सुरूवात हुने खबर आएपछि सारा जनता नै हर्षले गदगद भएको समाचार छ …. भन्ने समाचार पढेर म पनि प्रसन्न भएको छु !

    यस्ता च्याउँझै खोलिएका च्यानलले नभएका झूठा कुरालाई आकर्षक हेडलाइन बनाएर, मानहानी गर्दै आफ्नो दूनो सोझ्याउँदै आएका थिए । अब यस्ता च्यानलहरू बन्द हुने वा सन्चालनमा आए पनि नियमको दायरामा बस्नु पर्ने भएकोले, अहिले भएको बिकृती धेरै हद सम्म कम हुने सम्भावना छ । शुभप्रभात ! शुभदिन !!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार