Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनआरएनए निर्वाचनको मनोनयन दर्ता आजबाट सुरु, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख

    एनआरएनए निर्वाचनको मनोनयन दर्ता आजबाट सुरु, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ ।

    संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ। उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।



    संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।



    संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ ताेकिएकाे छ ।

    सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ ।

    हेर्नुहोस् सूचना:

    यसअघि गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार