Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

    मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ ।

    भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।



    प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।



    नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्षमा ढुङ्गेल

    नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दुर्गाप्रसाद ढुङ्गेल निर्वाचित भएका छन् । उपाध्यक्षमा कुमार बस्नेत, सरिता चौलागाईँ, सचिवमा खोपनाथ नेपाल, सहसचिवमा रामप्रसाद आचार्य र कोषाध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।

    केन्द्रीय प्रतिनिधिमा दिनेशकुमार पोखरेल, गोपाल ढकाल र कमलादेवी श्रेष्ठसहित १५ सदस्यीयमध्ये ११ सदस्यीय सर्वसम्मत र चार सदस्य पुनः निर्वाचित गर्ने गरी निर्वाचित पदाधिकारीलाई शपथग्रहणसमेत गरिएको छ ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार