Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमसीसीबारे जथाभावी बोल्ने नेताहरुलाई कारवाही गर्ने माधव नेपालको चेतावनी

    एमसीसीबारे जथाभावी बोल्ने नेताहरुलाई कारवाही गर्ने माधव नेपालको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् । यद्यपि उनले कुनै नेताको नाम भने लिएनन्।

    बुधबार सुरु भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसीबिरुद्ध बोल्ने नेताहरुले गल्ती स्वीकार नगरे स्पष्टिकरण सोधिने बताए ।



    ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस्,’ नेपालले भने, ‘स्पष्टिकरण सोध्नुपर्ने नहोस् । ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।



    यसअघि पोलिटब्यूरो बैठकमा पनि अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालको आलोचना गरेका थिए । एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार