Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘विप्लवले चुनावमा भाग लिने प्रस्ताव फिर्ता नगरे पार्टी विभाजन हुनसक्छ’

    ‘विप्लवले चुनावमा भाग लिने प्रस्ताव फिर्ता नगरे पार्टी विभाजन हुनसक्छ’

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौंं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा पार्टी विभाजनसम्मको चेतावनी आएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको भन्दै नेताहरुले फिर्ता नलिए पार्टी नै विभाजन गर्ने चेतावनी दिएका हुन् ।

    शुक्रबार बाँडिएको विप्लवको प्रस्तावमा चुनावमा सहभागी हुने भनिएको थियो । उक्त प्रस्ताव अध्ययनको लागि भन्दै शनिबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो । प्रस्तावमाथि धारणा राख्दै सचिवालय सदस्यहरुले नै प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको आरोप लगाउँदै फिर्ता लिन सुझाव दिएका छन् ।



    आजको बैठकमा विप्लवले पेश गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने भनिएको थियो । तर, बहुसंख्या केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि सचिवालय सदस्यहरुकै धारणा आउनुपर्ने माग राखेका थिए ।



    सो मागअनुसार आज सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखिसकेका छन् । बास्तोला र ओलीले महासचिवको प्रस्ताव क्रान्ति विरोधी भएको बताउँदै फिर्ता लिन आग्रह गरेका छन् ।

    नेता बास्तोलाले ‘महासचिव कमरेडको चुनावमा सहभागी हुनेगरी आएको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी छ, पार्टी विभाजनकारी छ । प्रस्ताव फिर्ता लिएर क्रान्ति र पार्टीको रक्षा गर्नुस् ।’ भन्ने धारणा राखेका छन् । उनले चुनावमा सहभागी हुन सोँच क्रान्ति विरोधी भएको समेत बताए ।

    त्यसैगरी सचिवालय सदस्य ओलीले विप्लवको प्रस्ताव देश र जनताले अपेक्षाको विरुद्धमा भएको बताए । प्रस्तावले क्रान्तिकारी कार्यभार पूरा नगर्ने बताउँदै फिर्ता लिएर चुनाव बहिस्कारको कार्यक्रम बनाउनुपर्ने बताए ।

    उनले भने–‘चुनावमा जाने महासचिवको प्रस्ताव देश र जनताले हामीसँग गरेको अपेक्षाको विरुद्धमा छ । यसले पार्टीलाई विभाजनमा लैजान्छ । यो प्रस्ताव फिर्ता लिएर चुनाव बहिस्कारको योजनासहितको प्रस्ताव ल्याउने आग्रह गर्दछु ।’

    सचिवालय बैठकमा विप्लवको प्रस्तावको विरुद्धमा बोलेका अर्का सचिवलाय सदस्य बुढाले भने आज भनाई फेरे । बुढाले नेतृत्वले धोका नदिने भन्दै चुनाव उपयोग गर्न सकिने धारणा राखे ।

    अब बैठकमा सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा र महासचिव विप्लवले बोल्ने बाँकी छ ।आज सचिवालय सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार