Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महोत्सवमा डुंगा पिङ दुर्घटना १४ जना घाइते, ३ जना गम्भीर

    महोत्सवमा डुंगा पिङ दुर्घटना १४ जना घाइते, ३ जना गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । कपिलवस्तुमा चल्दा चल्दैको पिङ भाच्चिएर १४ जना घाइते भएका छन् ।

    जिल्लाको बाणगंगास्थित बुद्ध रंगशालामा जारी १२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेलामा सञ्चालन गरिएको डुंगा पिङ शुक्रबार साँझ भाचिएको हो ।



    घाइतेमध्ये ३ जना गम्भीर घाइते छन्। शुक्रबार साँझ साढे ६ बजेतिर चल्दै गरेको डुंगाको एक भाग फुस्किएपछि भुइँमा झरेको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पिङ दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि बुटवल लगिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार