Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

    १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    धनगढी । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

    बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।



    बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार