Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शिक्षक सेवाको परीक्षा दिन जानेले मोबाइल फोन बोके जफत गरिने

    शिक्षक सेवाको परीक्षा दिन जानेले मोबाइल फोन बोके जफत गरिने

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा दिन जानेले मोबाइल बोक्न नपाउने भएका छन् ।

    आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको हो ।



    आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने चेतावनी दिएको छ ।



    आयोगले १७ हजार बढी रिक्त रहेको विभिन्न तहको शिक्षक पदमा परीक्षा लिईरहेको छ ।

    माध्यमिक तहको परीक्षा मंगलबार लिएको छ भने निम्नमाध्यामिक तहको परीक्षा बिहीबार, प्राथमिक तहको परीक्षा आगामी १९ गते र आन्तरिक बढुवाको परीक्षा २१ गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार