Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कतार विश्वकपको ड्र सार्वजनिक, कुन समूहमा कुन टोली ?

    कतार विश्वकपको ड्र सार्वजनिक, कुन समूहमा कुन टोली ?

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । आगामी नोभेम्बरबाट सुरु हुने कतार विश्वकपको ड्र सार्वजनिक भएको छ । दोहामा सम्पन्न कार्यक्रमका बीच गएराति समूह विभाजन गरिएको हो ।

    जसअनुसार समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर परेकान् छन् भने समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफबाट छानिने टोली हुनेछन् ।



    यस्तै समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया समेटिँदा समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली हुनेछन् ।



    यस्तै समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान र अन्तरमहादेशीय छनोटबाट आएको टोली हुनेछन् भने समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा रहेका छन् ।

    यस्तै समूह ‘जी’ मा ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल , उरुग्वे, कोरिया र घाना रहेका छन् । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार