Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कतारमा विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    कतारमा विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 717
    SHARES

    एजेन्सी । कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ ।

    उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।



    एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार गुमाउनु दु:खद भएको यूएस सकरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय भने अनलाइन प्लेटफर्म ुसबस्ट्याकु मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार