Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विश्वकप फुटबल : घानासँग दक्षिण कोरिया ३–२ गोलले पराजित

    विश्वकप फुटबल : घानासँग दक्षिण कोरिया ३–२ गोलले पराजित

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ ।

    एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले अन्तरले पराजित गरेको हो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो ।



    घानाको जितका लागि मोहम्मद सलिसु एक तथा मोहम्मद कुदुस दुई गोल गरे । यस्तै दक्षिण कोरियाका तर्फबाट चो ग्यु सङले गोल गरे ।



    यस जितसँगै घानाले ३ महत्वपूर्ण अंक जोडेको छ। समान ३ अंक जोडेको पोर्चुगलले मध्यराति दोस्रो खेल उरुग्वेविरुद्ध खेल्दैछ। उरुग्वे र दक्षिण कोरियाको समान १ अंक छ । तर, उरुग्वेले १ खेल कम खेलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार