Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इङ्गलिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित

    इङ्गलिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित भएका छन् ।

    गएबार राति गुडिसन पार्कमा भएको प्रतिस्पर्धामा युनाइटेड घरेलु टोली एभर्टनसँग १–० ले हारेको हो । एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोलबाटै युटाइटेड पराजय बेहोर्न बाध्य भएको हो।



    योसँगै ३१ खेल खेलेको युनाइटेड ५१ अंकका साथ सातौं स्थानमा छ। ३० खेल खेलेको एभर्टन भने २८ अंक जोडेर १७औं स्थानमा छ। यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनल आफ्नै मैदानमा पराजित भएको छ ।



    इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ ले हारेको हो। ब्राइटनका लियान्द्रो ट्रोससार्ड र इनक मिपाले गोल गर्दा घरेलु टोली आर्सनलबाट मार्टिन ओडेगार्डले मात्र गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार