Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन

    पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न निर्देशन दिएको छ ।

    केन्द्रले आज सोमवार एक सूचना निकालेर कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालका लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यहीअनुसार मूल्य लागू गराउन निर्देशन दिएको हो ।



    केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार लागू गर्नरगराउन भनेको छ ।



    केन्द्रले सूचनामा कक्षा ७ को ऐच्छिक विषयबाहेक सबै कक्षाका मूल्यसूची पनि प्रकाशित गरेको छ । विवरणमा समावेश नभएको कक्षा ९ को ऐच्छिक विषयको पाठ्यपुस्तकको हकमा भने पेजमा नै मूल्य छपाएर वितरण गर्ने जनाएको छ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार