Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचन सरे मुलुक दुर्घटनामा जान्छ : प्रमुख निर्वाचन आयुक्त

    निर्वाचन सरे मुलुक दुर्घटनामा जान्छ : प्रमुख निर्वाचन आयुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.1K
    SHARES

    विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन्।

    निर्वाचन आयोग नेपालले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए ।



    आयुक्त थपलियाले भने, ‘निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको छ । अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ।’



    उनले जिल्ला जिल्लामा निर्वाचन अधिकृत तोक्ने र मतपत्र छाप्ने काम पनि पूरा भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार