Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हुण्डीको ७० लाख रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई राजश्वका महानिर्देशकले दिए उन्मुक्ति !

    हुण्डीको ७० लाख रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई राजश्वका महानिर्देशकले दिए उन्मुक्ति !

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रहरीले ठुलो मेहनत गरेर अबैध रकमसहित पक्राउ गरेका व्यक्तिलाई राजश्व अनुसन्धान विभागले उन्मुक्ति दिने गरेको पाइएको छ।

    गत २०७८ माघ २५ गते महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित नुवाकोटका नवराज ढुंगानालाई बालाजु बाइपासबाट पक्राउ गरेको थियो ।



    ढुंगानाले हुण्डीको रकम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीसँगको बयानका क्रममा  उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए । ढुंगानामाथि थप अनुसन्धान गरी महानगरीय प्रहरी वृत्त, बालाजुले राजश्व अनुसन्धान विभाग पुल्चोक पठाएको थियो।



    तर, दुई महिना बितिसक्दा पनि राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छैन। ७० लाख अबैध  रकमसहित पक्राउ परेका ढुंगानालाई विभागका महानिर्देशक प्रकाश पौडेलले मुद्दा नचलाई उन्मुक्ति दिएको स्रोतले वतायो।

    महानिर्देशक पौडेलले भने ७० लाख अबैध  रकमसहित पक्राउ परेका ढुंगानालाई मुद्दा चलाउन हद म्याद नभएको र मुख्य व्यक्तिको पहिचान भएपछि मात्र मुद्दा चलाउने अनलाइन नेपालसँग वताए।

    तर, प्रहरी स्रोतले भने  ढुंगाना नै हुण्डी कारोबारका नाइके भएको र यसमा अब कुनै थप अनुसन्धान गर्न नपर्ने दाबी गरेको छ।

    ‘यो त  एउटा नमुना मात्र हो, आयकर छली र नक्कली भ्याटबीलमा मुछिएका न्यूरोडका कपडा पसलेदेखि थुप्रै राजश्वमारा व्यापारीहरुसँग सेटिङ गरेर महानिर्देशक पौडेलले अकुत कमाउँदै आएका छन्।’ बिभागकै एक अधिकारीले दाबीका साथ भने । त्यसो त व्यापारी र ठेकेदारहरुसँग धमाधम अबैध असुली गरेको भन्दै महानिर्देशक पौडेलबिरुद्द प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको छ।

    आयकर छली र नक्कली भ्याटविल प्रयोग गरेको खुलेपछि पुरानो बानेश्वरस्थित सामानान्तर निर्माण सेवाको कार्यालयबाट खातापाता नियन्त्रणमा लिएको चार महिना बितिसक्दा समेत अनुसन्धान नसकिएको भन्दै पौडेलले नै मुद्दा चलाउन आनाकानी गर्दै आएका छन्। ६० अर्बको काम चालु अवस्थामा रहेको र २० अर्ब भन्दा बढी ठेक्का लिएको समानान्तरले आयकर छली गरेको खुलेको थियो ।  समानान्तरको छानविनको विषयमा अनुसन्धान प्रकृया सकिन कम्तिमा पनि ९ महिना लाग्ने पौडेलले वताउने गरेका छन्। समानान्तरलगायतका फर्महरुमाथि राजश्वले गरेको बार्गेनिङ प्रकरणलाई लिएर अख्तियारले गहन रुपमा अध्ययन गरिरहेको वताइएको छ।

    विभागले बोटलर्स नेपाललाई उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर छली गरेको तथा सोको बिगो दावी मुद्दा दायर गरेपछि पौडेलले समानान्तर जस्तै अन्य फर्महरुसँग पनि मोलमोलाई गरिरहेको स्रोतको दावी छ ।

    ‘एकातिर राम्रो काम गरेको देखाउने र अर्कोतिर ठूला फर्महरुसँग बार्गेनिङ गर्ने उहाँ(पौडेल) को शैली बुझिनसक्नु छ ।विर्तामोडमा पौडेलकै निर्देशनमा व्यवसायीहरुमाथि इटहरी राजश्वका प्रमुख तिर्थ खनालले मच्चाएको आतंक पनि बार्गेनिङकै एक रुप थियो ।’ विभागका ती अधिकारीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार