Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जनविरोधी समूहबाट सचेत रहन आग्रह

    एमाले अध्यक्ष ओली भन्छन्-‘भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्रीले गलत निर्णय गर्न थाले’

    एमाले अध्यक्ष ओली भन्छन्-‘भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्रीले गलत निर्णय गर्न थाले’

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेकोमा उभिएका प्रधानमन्त्रीले एकपछि अर्को गलत काम गर्न थालेको टिप्पणी गरेका छन् ।

    नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गैरकानूनी हिसावले कारबाही गरेको आरोप लगाए ।



    प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्माको दवावमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को गलत निर्णय गरेको उनले बताए ।



    ‘अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन्। सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कारबाही रहेको छ,’ नयाँ वर्षको शुभकामना सन्देशमा अध्यक्ष ओलीले उल्लेख गरेका छन्।

    बिग्रँदो अर्थतन्त्रबारे प्रतिपक्षी दल र विज्ञहरूले गरेको खबरदारीलाई पनि सरकारले मनन नगरेको अध्यक्ष ओलीले बताए।

    ‘सेटिङ्–सिद्धान्त’मा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खबरदारीलाई मनन गर्नुको साटो प्रतिवादमा उत्रिएको छ। तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र “दुरुस्त छ” भन्ने झुठा सूचना प्रवाह गरिरहेको छ,’ ओलीले भने।

    आफूहरूको सरकारले छाडेको अर्थतन्त्र अहिले ओरालो लागे पनि गठबन्धन दलहरूले त्यसमा ध्यान नदिई आफ्नै स्वार्थसिद्धिमा केन्द्रित रहेको आरोप अध्यक्ष ओलीको छ। यस्तै ओलीले जनविरोधी स्वार्थी समूहले फैलाउने अफवाहबाट सचेत रहन आग्रह गरेका छन्

    ‘नयाँ वर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीत विपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु । विश्वास छ, मुलुक निर्माणको प्रथमिकताबाट विमूख व्यक्ति र समूहहरुका निहित स्वार्थद्वारा सिर्जना गरिएका अवरोधलाई छिचोल्न, राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुको हामीलाई साथ सहयोग प्राप्त हुनेछ,’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार