Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अख्तियारद्वारा घुस लिँदा लिँदै सई पक्राउ

    अख्तियारद्वारा घुस लिँदा लिँदै सई पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशको विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत नायव निरीक्षक रूपनारायण महतो घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले महतोलाई ३८ हजार घुससहित रङ्गे हात पक्राउ गरेको हो ।



    म्याग्दी जिल्ला बस्ने धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बागलुङ्मा मेकानिक्सको काम गर्दै आएका रमेश लिम्बुको लेनदेनको विषयमा परेको विवाद मिलाई दिन्छु भन्दै सई महतोले घुस मागेका थिए ।



    सेवाग्राही रमेश लिम्बुसँग नगद घुस लिइरहेको अवस्थामा उनलाई आयोगको टोलीले बागलुङ्को वडा नम्बर २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट साँझ करिब ६ः२५ बजे पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार