Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जनकपुरधामको मेयरका लागि एमालेबाट शिवशंकर साहले पाए टिकट

    जनकपुरधामको मेयरका लागि एमालेबाट शिवशंकर साहले पाए टिकट

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.1K
    SHARES

    जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा शिवशंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ ।

    एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



    एमालेले शनिबार ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न सकेको थिएन । धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराति उम्मेदवारको टुंगो लगाएको छ ।



    जनकपुरधाममा सुरुमा हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नम्वर ७ का अध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार