Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

    सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराए ।



    यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाइ छ ।



    मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताए । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।

    सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार